Logo

विमानको सिँढी चढ्दा ३ पटक लडे अमेरिकी राष्ट्रपति बाइडेन (भिडियोसहित)



एजेन्सी :  अहिले सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल बनेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेन ३ पटक लडेको उक्त भिडियोमा चर्चित बनेको हो।

राष्ट्रपति जो बाइडेन शुक्रबार एटलान्टाको भ्रमणमा जाँदै थिए। एटलान्टा जानका लागि उनी एयरफोर्स वनको सिँढी चढ्दै गर्दा उनको सन्तुलन बिग्रियो र उनी लर्खराए।

भिडियोमा बाइडेन विमानको सिँढी चढ्दै गर्दा लर्खराएको देख्न सकिन्छ। भिडियोमा देख्न सकिन्छ कि अमेरिकी राष्ट्रपति विमानको सिँढीमा तीनपटक लड्छन्। तर  उनले आफूले आफैंलाई सम्हालेका छन्।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम