काठमाडौं, चैत ८ । भारतका विभिन्न जेलमा ४० वर्ष विताएर शनिबार जेलमुक्त भएका ईलामका दुर्गाप्रसाद तिम्सिना (दिपक जैसी) आज स्वदेश आइपुगेका छन् ।
कोलकातास्थित नेपाली महावाणिज्य दूतावास र विश्व सेवा विस्तार संस्थाको पहलमा उनी नेपाल पुगेका हुन । झापामा पत्रकार सम्मेलन गरेर उनलाई इलाम माई नगरपालिका(१० स्थित उनको घर पुर्यापुने तयारी भईरहेको छ ।
भारत पश्चिम बंगालको दमदम करेक्सनल सेन्टर (सेन्ट्रल जेल) मा रहेका उनी कोलकाता उच्च अदालतको आदेश बमोजिम शनिबार छुटेका हुन् । शारीरिक र मानसिक रुपमा कमजोर उनलाई लिन भाइ प्रकाशचन्द्र दमदम जेल पुगेका थिए ।




प्रतिक्रिया