पौडेल पक्ष आन्तरिक छलफलमा


काठमाडौं, ८ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । पौडेलनिकट एक नेताका अनुसार समसामयिक राजनीतिक विषयमा छलफल गर्न उनीहरु छलफलमा जुटेका हुन् ।

पौडेल निवास बोहराटारमा वरिष्ठ नेता पौडेलसहित नेताहरु प्रकाशमान सिंह, सितादेवी यादव, डा. मिनेन्द्र रिजाल, अर्जुननरसिंह केसी, डा. रामशरण महत लगायत छन् । आजको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउनेबारे नेतृत्वलाई दबाब दिने तयारी छ । पछिल्लो समय, सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीसँग साँठगाँठ गरेको पौडेल पक्षको आरोप छ । File Photo/ReportersNepal