Logo

एनआईसी एशिया र स्वदेशी लघुवित्तको आजबाट एकिकृत कारोबार सुरु



काठमाडौं, ८ चैत्र । एनआईसी एशिया लघुवित्त र स्वेदशी लघुवित्त वित्तीय संस्थाको आज देखि एकिकृत कारोबार सुरु हुने भएको छ । दुई कम्पनीको एकिकृत कारोबार आजदेखि गर्ने निर्णय कम्पनीको संचालक समितिको बैठकले गरेको थियो ।

एकआपसमा गाभिएका दुई कम्पनीको कारोबार एनआईसी एशिया लघुवित्त संस्थाको नामबाट कारोबार हुने कम्पनीले जनाएको छ । विगत ३ वर्षदेखि कारोबार गर्दै आएको एनआईसी लघुवित्तको अन्तिम कारोबार प्रतिकित्ता ७ सय ५९ रुपैैयाँ कायम भएको थियो । त्यस्तै, ७ वर्षदेखि वित्तीय कारोबार गर्दै आएको स्वदेशी लघुवित्तको प्रतिकित्ता ८ सय रुपैयाँ अन्तिम कारोबार भएको थियो ।

बैंकले डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग लगायतका डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न विभिन्न समयमा ग्राहकमैत्री सुविधाहरु तथा क्यासब्याक योजनाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्