यी हुन मन्त्रिपरिषदका २० निर्णयहरु (निर्णयसहित)


काठमाडौं, ८ चैत्र । चैत १ गते, चैत्र ५ गते र फागुन २० गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक भएका छन् । आज मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले ती निर्णयहरु सार्वजनिक गरेका हुन् ।

मन्त्रिपरिषदले विभिन्न २० वटा निर्णय गरेका छन् । फागुन २० गते बसेको मन्त्रिपरिषद् बैठकले होटल तथा रेष्टुरेन्टलाई कोभिड–१९ को बन्दाबन्दीको ६ महिनाको समयको शत प्रतिशत र त्यसपछिको चार महिनाको डिमाण्ड शुल्कको ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । file photo/Mukunda Kalikote-RN