अन्तराष्ट्रिय सम्बन्ध तथा बिदेश नीतिसम्बन्धि विषयगत समितिको विज्ञमा गौडेल


काठमाडौं, ९ चैत्र । नेपाली कांग्रेसको केन्द्रिय निति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले अन्तराष्ट्रिय सम्बन्ध तथा बिदेश नीतिसम्बन्धि विषयगत समितिको विज्ञमा नेपाल विद्यार्थी संघ नि.वर्तमान केन्द्रिय सदस्य शैलेन्द्र शर्मा गौडेललाई नियुक्त गरेको छ ।

प्रतिष्ठान प्रमुख, कार्यकारी निर्देशक, नीति निर्देशक तथा विषय संयोजकको समन्वयमा रही सम्बन्धित विषयमा पार्टीको नीति निर्माणमा सहयोग पुर्याउन समेत नियुक्ति पत्रमा भनिएको छ ।