Logo

अमेरिकाको कोलोराडोमा गोलाबारी, एक प्रहरी अधिकारीसहित १० जनाको मुत्यु



काठमाडौं, चैत १० । अमेरिकामा कोलोराडो राज्यको बोल्डर सहरमा भएको एउटा गोलीकाण्डमा एक प्रहरी अधिकारीसहित १० व्यक्तिले ज्यान गुमाएका छन्।एक सशस्त्र आक्रमणकारीले स्थानीय सुपरमार्केटमा जथाभावी गोली प्रहार गरेका थिए।

माथिबाट खिचिएको दृश्यमा खुट्टा रगतपच्छे भएका एक व्यक्तिलाई प्रहरीले हत्कडी लगाएर लगिरहेको देखिन्छ।गोली चलाउने एक एकजना सन्दिग्ध व्यक्ति हिरासतमा लिइएको र उनको अस्पतालमा उपचार भइरहेको त्यहाँको प्रहरीले जनाएको छ ।सो घटनालाई प्रत्यक्षदर्शीहरूले सामाजिक सञ्जालमा प्रत्यक्ष लाइभ स्ट्रीमिङ गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्