काठमाडौं, १० चैत्र । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले आफूलाई कारबाही गरेर देखाउन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चुनौति दिएका छन् । आफूनिकट अनेरास्वयिुको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेकपा एमाले आफूहरुको भएको भन्दै केपी ओली विमाले र सिमाले भएको पनि टिप्पणी गरेका छन् । उनले सोधिएको स्पष्टीकरणबारे पनि नेता नेपाले कडा जवाफ दिएका छन् । उनले भने, ‘कथित स्पष्टीकरणबाट तर्सिनेवाला छैनौं, सामना गर्न तयार छौं, घुँडा टेक्ने बाटोमा जाने हो ? आत्मसमर्पणको बाटोमा जाने हो ? यो किमार्थ मन्जुर छैन ।’ उनले साईबर स्यालहरुको कुप्रचार परास्त गर्ने पनि उद्घोष गरे । उनले आफूहरुले कुनैपनि हालतमा पार्टी नफुटाउने विश्वास दिलाए ।
Photo By: Mukunda Kalikote/ReportersNepal




प्रतिक्रिया