प्रधानमन्त्री ओलीमाथि खनिए भीम रावल (भिडिओसहित)


काठमाडौं, १० चैत्र । नेकपा (एमाले) का नेता डा. भीम बहादुर रावलले आफूहरुले विधि र प्रक्रियाअनुसार पार्टी चलाउनुपर्नेमा जोड दिएका छन् । आफूहरुले विधानअनुसार नै पार्टी कमिटीका बैठक बोलाउन माग गरेको तर प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाउन नमानेको उनले स्मरण गराए । आज (मंगलबार) आफूपक्षीय अनेरास्ववियुको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रावलले यस्तो बताएका हुन् ।

सम्बोधनको क्रममा उनले भने,‘हामी केपी शर्मा ओली जीको फागुन २८ बसेको अवैध केन्द्रीय कमिटीको कुनै पनि निर्णय हामी मान्दैनौं, नेपाली जनताले तपाईं (ओली)लाई सोधिरहेका छन्, प्रतिनिधिसधा विघटन किन गर्नुभयो ? पार्टीको विधान मिचेर मनपरी किन गर्नुभयो ? खुुलेआम आफ्नो केही गुटका मान्छे बोलाएर, हामीलाई थाहा नै नदिइ, केपी शर्मा ओली जीले पार्टी फुटाउने षडयन्त्र गर्नुभयो । पार्टीमा विभाजनको रेखा कोर्नुभयो । तै पनि हामीले उहाँलाई भन्यौं, तपाईंले यो निर्णय फिर्ता लिनुहोस् । तर, उहाँले मान्नु भएन।’ Photo By: Mukunda Kalikote/ReportersNepal