Logo

भारतमा कोरोना संक्रमण बढेपछि होली मनाउन रोक लगाउने तयारी



काठमाडौं, १० चैत्र । भारतमा पछिल्लो समय कोरोना संक्रमण बढेको छ । अत्यधिक मात्रामा कोरोना संक्रमित बढ्न थालेपछि भारतका विभिन्न राज्यले कोभिड नियन्त्रण तथा रोकथामलाई कडाई बनाउने तयारी गरेका छन् । भारतमा पछिल्लो साँढे चार महिना यताकै सबैभन्दा धेरै ४६ हजार ९ सय ५१ जनामा संक्रमण देखिएको हो । भारतका महाराष्ट, पञ्जाब, गुजरात, केरला, कर्नाटाका, मध्यप्रदेशमा संक्रमितहरु धेरै भेटिएका छन् ।

भारत सरकारले कोभिड नियन्त्रणका मापदण्ड पालना गर्नको लागि निर्देशन दिएको छ । र, टेष्ट, ट्याक र टिटको प्रोटोकल फलो गर्न पनि भनिएको छ । भारतमा आउँदै गरेको होली पर्व मनाउन रोक लगाउने तयारी भैरहेको पनि समाचार आएका छन् । होलीमा ठूलो भीडभाड हुने भएकोले भारत सरकारले होली मनाउन रोक लगाउन लगाउन लागेको हो । PHOTO CREDIT: JOHANNA DROUIN/EYEEM/GETTY IMAGES

 

 



प्रतिक्रिया दिनुहोस्