Logo

भोलि सिसिएमसीको बैठक बस्दै, सभा/सम्मेलनमा रोक लगाउने तयारी



काठमाडौं, १० चैत्र । छिमेकी देश भारतमा कोरोना संक्रमणको डरलाग्दो अवस्था देखिएको छ। पछिल्ला दिनमा भारतमा हजारौंको संख्यामा संक्रमित बढेसँगै त्यहाँ कोभिड नियन्त्रण तथा रोकथामका मापदण्डलाई कडाईका साथ लागु गरिएको छ ।

नेपालमा पनि भारतमा जस्तै संक्रमणको लहर आउनसक्ने खतरा देखिएपछि सरकारले स्वास्थ्य सुरक्षाका मापदण्डलाई कडाईका साथ लागु गर्ने तयारी गरेको छ । भोलि सिसिएमसीको बैठक बस्ने भएको छ । भोलि बस्ने बैठकले ठूला-ठूला सभा तथा सम्मेलनमा रोक लगाउने र भीडभाड नगर्न निर्देशन जारी गर्ने बुझिएको छ ।

उता, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भिडभाड हुने सभा तथा सम्मेलन र सार्वजनिक कार्यक्रमहरुमा नजाने निधो गरेको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ । प्रधानमन्त्रीले काठमाडौं बाहिरको एउटा कार्यक्रम त क्यान्सिल नै गरिसकेका छन् ।

यसअघि २०७६ चैत्र १० गते साँझ सरकारले लकडाउन गर्ने घोषणा गरेको थियो । आज नेपालमा सुरुमा लकडाउन घोषणा गरेको एक वर्ष पूरा भएको छ । पछिल्लो समय स्वास्थ्य-सुरक्षाका मापदण्ड कसैले पनि राम्रोसँग अपनाएको देखिएको छ । विज्ञहरुले भारतमा संक्रमण द्रुत गतिमा बढेसँगै नेपालमा पनि संक्रमण फैलिन सक्ने चिन्ता व्यक्त गरिरहेका छन् ।

भारतमा कोरोना संक्रमण बढेपछि होली मनाउन रोक लगाउने तयारी

यही चैत्र १५ र १६ गते फागु पुर्णिमा छ । पहाड र तराई मधेशमा बेग्ला बेग्लै दिन यो पर्व मनाईने गरिएको छ । सरकारले फागुमा धेरै भीडभाड हुने भएकोले पनि होला भोलि चैत्र ११ गते नै सिएमसीको बैठक राखेर ठूला सभा तथा सम्मेलन, कन्सर्ट नगर्न निर्देशन दिने बुझिएको छ । file photo



प्रतिक्रिया दिनुहोस्