Logo

पठाओ ज्याकेट लगाउन प्रतिबन्ध



काठमाडौं, चैत ११ । राइड सेयरिङ प्लेटफर्म पठाओको ज्याकेट लगाएर बाइक तथा ट्याक्सीमा सेवा दिन नपाइने भएको छ । सुरुमा पठाओलाई प्रतिबन्ध लगाउनेगरी प्रक्रियाअघि बढाएको ट्राफिक प्रहरीले दबाब खेप्न नसक्ने भएपछि तत्काललाई पठाओ अंकित ज्याकेट लगाएर यात्रु बोकेमा कारबाही गर्ने जानकारी दिएको छ ।

ट्राफिक प्रहरीले पठाओलाई नै बन्द गर्न खोजेपछि पठाओ नेपाल प्रालिले कोरोना भाइरस ९कोभिड–१९० संक्रमण रोकथामका लागि प्रयोग गर्दै आएको पठाओ अंकित कपडामा रोक लगाउने निर्णय गरेको छ ।

कोरोनाको समयमा सरकारले जारी गरेको सरकारी स्वास्थ्य सुरक्षाको मापदण्डअनुसार पठाओले राइडर र सेवाग्राहीको स्वास्थ्य सावधानीलाई मध्यनजर गर्दै पीपीईको व्यवस्था गरेको थियो । सोमबार ट्याक्सीसँग झडप भएपछि र ट्राफिक प्रहरीले पठाओका कारण ट्राफिक व्यवस्थापनमा समस्या निम्तेको भन्दै पठाओ सेवा बन्द गराउने तयारी गरेको थियो ।

तर, अन्तिममा पठाओले राइडरलाई राइडको समयमा अनिवार्य गराएको ‘प्रेटेक्टिभ गेयर’ ९ज्याकेट र ट्राउजरसहितको कपडा० तत्कालका लागि बन्द गर्ने निर्णय गरेपछि ट्राफिक प्रहरीले संयमता अपनाउने भएको छ । यद्यपि, राइडर सेयर गरेको थाहा पाएमा कारबाही गर्न सक्ने संकेत ट्राफिक प्रहरीले गरेको छ ।

पठाओ सेवालाई थप व्यवस्थित गर्न सम्बन्धित सरकारी निकायसँग गरिएको छलफल पछि ज्याकेट लगाउनुपर्ने नियम स्थगित गरेकोे पठाओ नेपालले जनाएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्