Logo

भीमफेदी–कुलेखानी–काठमाडौं सडक आजदेखि सञ्चालनमा



मकवानपुर, चैत ११। दुई महिनादेखि बन्द रहेको भीमफेदी–कुलेखानी–काठमाडौँ सडक आजदेखि पुनः सञ्चालन आएको छ । सडक सडक मर्मतसम्भार र कालोपत्र गर्नका लागि बन्द रहेको थियो ।

भीमफेदीदेखि देउराली भञ्ज्याङसम्मको आठ किलोमिटर सडकका लागि रु १८ करोड तथा देउरालीदेखि कुलेखानीको हेबी चौरसम्मको साढे सात किलोमिटर सडकका लागि रु १६ करोड गरी ३४ करोड बजेट विनियोजन भएको थियो । भीमफेदी–कुलेखानी–हेबीचौरसम्मको पुरानो सडक फराकिलो पारिएको छ ।



प्रतिक्रिया दिनुहोस्