काठमाडौं, ११ चैत्र । नेकपा (एमाले) का उपाध्यक्ष, सांसद तथा पूर्व उपप्रधानमन्त्री डा. भीम बहादुर रावलले प्रधानमन्त्री केपी शर्मा ओली सत्ता र कुर्सी जोगाउन विदेशी शक्तिहरूसँग साँठगाँठ गर्न तल्लिन रहेको गम्भीर आरोप लगाएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत नेता रावलले यस्तो टिप्पणी गरेका हुन् ।
उनले भनेका छन्,‘प्रमं केपी ओली सत्ता र कुर्सी जोगाउन नेपालको अस्मितासंग गाँसिएको नागरिकता लगायतका नेपालको दीर्घकालीन हितसंग सम्बन्धित विषयमा प्रतिकूल असर पर्ने गरी विभिन्न शक्तिहरूसंग साँठगाँठ गर्न तल्लीन हुनुहुन्छ । देशभक्त नेपाली सजग होअैां !”

पछिल्लो समय एमालेभित्र अन्तरसघंर्ष चर्किएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले वरिष्ठ नेता माधव कुमार नेपाल, उपाध्यक्ष रावल, नेताहरु घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोधेका छन् । चारै जना नेताले आजै स्पष्टीकरणपत्र बुझाउने तर उक्त पत्रमा प्रधानमन्त्री ओलीले पनि विधान उल्लंघन गरेको भन्दै बरु उनलाई कारबाही गर्नुपर्ने माग राखेको बुझिएको छ । हिजोमात्रै वरिष्ठ नेता नेपालले आफूहरु कुनैपनि हालतमा ओलीसँग नझुुक्ने भन्दै संघर्ष गरेरै अघि बढ्ने चूनौति दिएका छन् । उनले आफूहरु एमाले भएको भन्दै ओलीलाई बिमाले र सिमालेको संज्ञा पनि दिएका थिए ।




प्रतिक्रिया