Logo

‘संक्रमण दर उच्च भए लकडाउन’



काठमाडौं, चैत १२ । छिमेकी राष्ट्र भारतका सीमावर्ती भागहरुमा कोरोना संक्रमण तीव्र भएको छ । यसको असर नेपालमा पनि साताभित्रै देखिन सक्छ । केही दिनयता मुलुकभित्र संक्रमितको संख्या पनि बढ्दो देखिएको छ । स्वास्थ्य मन्त्रालयले बुधबार आमजनतालाई सतर्क रहन आग्रह गरेको छ । मन्त्रालयले संक्रमण दर उच्च हुँदै गए लकडाउनसम्म हुनसक्ने संकेत गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले संक्रमण दर उच्च भएमा लकडाउनसमेत हुन सक्ने भन्दै आमजनतालाई सतर्क हुन आग्रह गरेका छन् । ‘संक्रमणदर उच्च भए त्यसको चेन ब्रेन गर्न लकडाउन पनि गर्नुपर्ने अवस्था आउन सक्छ । अन्य अवस्थामा जनस्वास्थ्य मापदण्ड अपनाएर नियमित काम जारी राख्नुपर्छ, उनले भने । उनले होली पर्व पनि सामाजिक दूरी कायम गरी मनाउन आग्रह गरे ।

भारतमा संक्रमण बढेका कारण नेपालले सतर्कता अपनाएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा। कृष्ण पौडेलले बताए । भारतबाट आउने केही पोजेटिभ पनि देखिएको छ । नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्