Logo

पुर्व पत्नी सुजैनले आफुलाई पुरुष भनेपछि ऋतिकले दिए यस्तो प्रतिक्रिया



एजेन्सी, १२ चैत्र । बलिउड अभिनेता ऋतिक रोशनको पुर्व पत्नी तथा इन्टिरियर डिजाइनर सुजैन खान सामाजिक सञ्जालमा धेरै सक्रिय छिन् । उनी प्राय: स्टाइलिस्ट अवतारमा देखिन्छिन् । उनले भर्खरैमात्र आफ्नो एक मिरर सेल्फी शेयर गरेकी छिन्, जसमा सुजैन सेतो शर्ट र कालोमा टप देखिएकी छिन् ।

स्टाइलले भरिएको यस तस्विरमा उनले आफुलाई बेला–बेलामा पुरुषजस्तो लाग्ने बताएकी छिन् । उनले लेखेकी छिन्, ‘कहिले–कहिले आफैँलाई पुरुष सम्झन्छु ।’ उनको तस्वीरलाई धेरैले प्रतिक्रिया दिएका छन् ।

सुजैनको पोस्टलाई ऋतिक रोशनले पनि कमेन्ट गरेका छन् । ऋतिकले लेखेका छन्, ‘हाहाहा धेरै राम्रो तस्वीर ’ सुजैनको पोस्टलाई रविना टन्डनले पनि प्रतिक्रिया दिएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्