Logo

आज शेयर बजारमा सामान्य करेक्सन, ६ अर्ब भन्दा बढीको कारोबार



काठमाडौं, १२ चैत्र । आज शेयर बजार सामान्य अंकले घटेको छ । बुधबार २५७० विन्दुमा पुगेको नेप्से परिसुचक बिहीबार ०.८३ प्रतिशत अर्थात २१.२९ अंकले २५ सय ४८ दशमलव ९६ प्रतिशतले घटेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ५.६४ अंकले घटेर ४५०.३१ विन्दुमा पुगेको हो ।

आज नेप्से परिसुचक अनुसार २०८ कम्पनीका ७४ हजार ६५८ पटक कारोबार भएर ६ अर्ब ५० करोड ८ लाख ६ हजार रुपैयाँ बराबरको १ करोड २५ लाख ४८ हजार १४६ कित्ता शेयर खरिद बिक्रि भएको हो । साताको कारोबारको अन्तिम दिन व्यापार, होटल र इन्भेष्टमेन्ट उपसमुहको सर्वाधिक सुच बढेका छन् भने अन्य १० उपसमुको सबै समुहका नेप्से परिसुचक घटेका छन् ।

आज सबैभन्दा धेरै नेपाल बंगलादेश बैक लिमिटेडको ६.१४ प्रतिशत अर्थात २४ रुपैयाँले घटेर ३६७ रुपैयाँ प्रतिशेयर मुल्य कायम भएको छ । त्यस्तै, सबैभन्दा धेरै नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८९ करोड ५० लाख भन्दा धेरैको कारोबार भएको छ । बैंकको प्रतिशेयर ६ सय ८ रुपैयाँ मुल्य कायम भएको छ । त्यस्तै, चन्द्रागिरी हिल्स लिमिटिेडको १० प्रतिशत अर्थात १८९ रुपैयाँले बढेर २ हजार ७९ रुपैयाँ प्रतिशेयर कायम भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot