Logo

यस्तो छ यामाहाको क्रुजर बाइक बोल्ट, मूल्य ३५ लाख



काठमाडौं, १२ चैत्र । हालै नेपाली बजारमा उपलब्ध यामाहाको नयाँ क्रुजर बाइक बोल्ट भृकुटीमण्डपमा देख्न पाइन्छ । यामाहाले आयोजना गरेको यामाहा महाएक्सचेन्ज मेलामा यो बाइक पनि प्रदर्शन गरिएको छ ।  यामाहा बोल्टमा ९४२ सीसीको एयरकुल्ड एसओएचसी, भी–ट्विन फोर भल्व इन्जिन जडान गरिएको छ, जसले ५४ पीएसको पावर र ८० एनएमको टर्क जेनेरेट गर्छ ।

यसमा कम्फर्टेबल टुरिङका लागि राउन्ड सेप हेडल्याम्प र फराकिलो स्प्लिट सिट हुनुका साथै हाइसेट ह्यान्डलबार र ट्रेडिसनल रुपमा पोजिसन गरिएको मिरर छ । यसमा कुनै फेन्सी ग्राफिकल मेकओभर विनै भिन्टेज स्टाइल प्रदान गरिएको छ ।

सो बाइकमा १३ लिटरको इन्धन ट्यांकी हुनुका साथै रिल्याक्सयुक्त क्रुजिङकालागि ६९० एमएमको सिट हाइट छ । यसको पछिल्लो भागमा एलईडी टेललाइट र रेट्रो–इन्स्पायर्ड टर्न इन्डिकेटर छ । त्यसैगरी अल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र थप अपडेटको रुपमा पोजिसन ल्याम्प रहेको छ ।

डबल क्र्याडल फ्रेममा निर्माण गरिएको सो बाइकमा ४१ एमएमको टेलिस्कोपिक फ्रन्ट फोर्क्स र ड्युअल सक एब्जर्बर छ । यसमा सिंगल डिस्क ब्रेकका साथै एबीएस स्ट्यान्डर्डको रुपमा छ । कम्पनीले भि–ट्विन इन्जिनमा ल्याएको सो बबर मोटरसाइकल अहिले चर्चाको शिखरमा छ ।



प्रतिक्रिया दिनुहोस्