Logo

मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनबारे के निर्णय होला ?



काठमाडौं, १२ चैत्र । मन्त्रिपरिषद्को बैठक साँझ ५ बजे बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले महत्वपूर्ण निर्णयहरु गर्ने बुझिएको छ ।

बैठकको आकस्मिक जानकारी पाएपछि मन्त्रीहरु बालुवाटार जाने तयारीमा रहेका छन् । आजको बैठकमा कोरोना भाइरसको संक्रमण रोकथामका लागि चाल्ने कदमबारे समेत निर्णयको तयारी भएको छ ।

होली नजिकै आइरहेको र सामाजिक दूरी कायम गर्न कडाईबारे समेत सरकारले निर्णय लिन लागेको बुझिएको छ । तर, सरकारले लकडाउन र सीमा बन्द गर्ने कुनै सोच नबनाएको अर्थमन्त्री विष्णु पौडेलले बताइसकेका छन् ।

यसैगरी, रेशम चौधरीलगायतको रिहाईको मागको सम्बोधन गर्नेबारे समेत सरकारले वार्ता टोली गठन गर्ने तयारी गरेको छ । आज गृहमन्त्री रामबहादुर थापा बादलले चौधरीको रिहाईमा धर्ना बसेकाहरुलाई भेटी वार्ता टोली गठन गर्न आग्रह गरेका थिए ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्