Logo

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता



काठमाडौं, १२ चैत्र । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमालेृ) का वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । फागुन २३ गतेको सर्वोच्चको अदालतको फैसलापछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्दू) अलग अलग भएका छन् ।

तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदा प्रचण्ड र माधव नेपाल मिलेर अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संघर्ष गरिरहेका थिए । कतिसम्म दाहाल–नेपाल समूहले ओलीलाई पार्टीको साधारण सदस्यमसमेत नरहनेगरि कारबाही गरेका थिए ।

गत पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपनि प्रधानमन्त्रीको कदम असंवैधानिक भन्दै दाहाल–नेपाल समूह आन्दोलनमा थियो । फागुन ११ गते सर्वोच्च अदालतको संवैधानिक ईजलाशले संसद् पूनःस्थापना गरेको थियो ।

तर, फागुन २३ गतेको फैसलाले एमाले र माओवादी केन्द्र अलग–अलग भएका छन् । आज दाहाल र नेता नेपालबीच भेटवार्ता भएको छ । भेटवार्तामा सर्वोच्च अदालतको फैसलाको पूनरावलोकनमा जानेबारे छलफल भएको बुझिएको छ । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्