Logo

राजेन्द्र महतोसँग ऋषि धमलाको विशेष कुराकानी, सरकारमा जाने सहमति भएको हो ? (भिडिओसहित)



काठमाडौं, १३ चैत्र । जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता राजेन्द्र महतोले देश विकास नहुनुको कारण के हो ? भन्दै शासकलाई प्रश्न गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले देशमा सबैको संविधान र सबैको लागि शासन नभएको टिप्पणी गरेका छन् ।

उनले नेपालीहरु आन्तरिक औपनिवेशिकको शिकार र गुलाम भएको पनि आरोप लगाएका छन् । नेपालमा लोकतन्त्र आएपछि राजा तथा महाराजाहरु पैदा भएको बताउँदै नेपालमा मूल समस्या त्यसमै भएको पनि उनले जनाए । जनताले कम्युनिष्टलाई दुई तिहाई दिँदा पनि केही विकास नभएको र कुर्सीको लडाईँ भएको पनि महतोको आरोप छ ।

कांग्रेस, एमाले र माओवादीहरुले जनताको लागि भन्दापनि आफ्नो लागि संविधान बनाएको पनि उनले टिप्पणी गरे । उनले सबै जनताको अपनत्व हुने संविधान बनाउनुपर्ने पनि बताए । त्यसको लागि संविधान संशोधन वा पूनर्लेखन गर्नुपर्नेमा उनले जोड दिए ।

 



प्रतिक्रिया दिनुहोस्