Logo

नेपाली युवती भारतमा मृत फेला



कञ्चनपुर, चैत १३ । कञ्चनपुरकी एक युवती भारतमा मृत फेला परेकी छिन्। जिल्लाको बेलौरी नगरपालिका, ४ रिछाहाकी २२ वर्षीया भागरथी राना पछिल्लो ७ दिनदेखि हराइरहेकी थिईन् । चैत्र ६ गतेदेखि घरदेखि हराएकी राना भारतमा मृत फेला परेकी उनका श्रीमान मोली रानाले बताएका छन्।

मृतकका श्रीमानले चैत्र ८ गते उनी हराएको भन्दै इलाका प्रहरी कार्यालय बेलौरीमा निवेदन दर्ता गराएका थिए। मृतक युवती भारतको पिलिभितमा मृत फेला परेकी कञ्चनपुर प्रहरीले जनाएको छ ।

मृतकका आफन्तले भारतीय प्रहरीले पोष्टमार्टम रिपोर्ट नआउदैं जबरजस्ती शव बुझ्न दबाबले शव नेपाल ल्याएका छन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम