Logo

राष्ट्रिय अनुसन्धान विभागद्वारा एक सय बढी कर्मचारी माग



काठमाडौं, चैत १३ । राष्ट्रिय अनुसन्धान विभागले एक सय जनाभन्दा बढी कर्मचारी माग गरेको छ। विभागले आज एक सूचना सार्वजनिक गर्दै अनुसन्धान अधिकृत, अनुसन्धान सहायक र सहायक सूचक पदमा विज्ञापन माग गरेको छ ।

विज्ञापनमा २१ जना अनुसन्धान अधिकृत, ३२ जना अनुसन्धान सहायक र ५१ जना सहायक सूचक माग गरिएको छ । विभागका अनुसार अनुसन्धान अधिकृत हुन कम्तिमा स्नातक तह उत्तिर्ण गरेको हुनुपर्छ भने उमेर २१ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्नेछ।

साथै अनुसन्धान सहायक हुन कम्तिमा प्लस टु वा सो सरह पास गरेको र १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने आजको गोरखापत्रमा जारी सूचनामा उल्लेख छ। सहायक सूचक पदमा भने एसएलसी वा एसईई पास गरेको हुनुपर्छ। १८ वर्ष पूरा भई २५ वर्ष ननाघेकोले यस पदमा दरखास्त दिन सक्नेछन्।
वैशाख १२ गतेभित्र दरखास्त दिइससक्नुपर्ने छ ।



प्रतिक्रिया दिनुहोस्