Logo

फेरि उनै महिलासँग शंकास्पद रुपमा भेटिए दोगडाकेदारका वडाध्यक्ष



बैतडी, चैत १३ । दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भरत महरा पुनः एकल महिलासँग शंकास्पद रुपमा भेटिएका छन्।

बिहीबार राति दोगडाकेदार ६ की एक महिलाको घरमा वडाअध्यक्ष महरा गाउँलेले भेटेका थिए । महरालाई गाउँलेले राति नै नियन्त्रणमा लिएका थिए ।महिलाको घरमा रहेको भन्ने थाहा पाएका गाउँलेले वडा अध्यक्ष र ती महिलालाई कुटपिट पनि गरेका प्रहरीले जनाएको छ।

‘हाल दुवैजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । वडाअध्यक्ष महरा यसअघि शंकास्पद रुपमा फेला परेकी महिलासँग नै यसपटक पनि भेट्टिएका हुन्। ती महिला एकल हुन् ।



प्रतिक्रिया दिनुहोस्