Logo

सरकार अधिनायकवाद उन्मुख भएको नेता सिंहको भनाई



काठमाडौं, १३ चैत्र । नेपाली कांग्रेसका नेता प्रकाश मान सिंहले बर्तमान सरकार अधिनायकवाद उन्मुख भएको बताएका छन् । सिराहा नेवा समाज लाहानले शुक्रबार लहानमा आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रममा नेता सिंहले सरकार अधिनायकवाद उन्मुख भएको बताएका हुन् ।

उनले अधिनायकवादको उदारण सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीको मोबाइलबाट फोटो भिडियो खिच्न रोक भन्ने हिजोको समाचारले पुष्टि गरेको भन्दै सुन्दा अचम्म लागेको बताए । सिंहले भने, ‘यदि त्यो समाचार सत्य भए ओलीले कस्तो चाहेका रहेछ भन्ने पुष्टि भयो ।’

नेता सिंहले ओलीले तानाशाह चरित्र देखिदै जादा अहिले फरक मत राख्ने एमाले भित्र को एउटा समूह र माओवादी केन्द्र सुरुका दिनमा मौन बसेको समयमा नै लगाम लगाउन नसक्नु अहिलेको परिणती भएको जिकिर गरे । सिंहले हिजो एकपछि अर्को तानाशाही प्रकृतिका बिधेयक ल्याउदा ओली प्रबृतिको बिरोध गर्न नसक्नेले अहिले पछुताउनु को बिकल्प नभएको बताएका छन् ।

फरक प्रसंगमा बोल्दै उनले अहिले जसपाले नैतिकता हिन सरकारसँग माग पूरा गर भनेर भन्नू गलत भएको भन्दै सहि समयमा आफ्नो मुद्दा उठाउन नसक्ने असहज परिस्थितिमा अड्को थाप्ने काम रोकेर परिस्थिति अनुसार चल्न समेत आग्रह गरेका छन् । हिजो कोही मन्त्री बन्ने कोही सरकारलाई समर्थन दिएर बस्ने दुईतिहाई हुदा अहिले उठायका मुदा समाधान गर्न ध्यान नदिको भन्दै जिम्मेवार बन्न समेत आग्रह गरेका छन् ।

उनले मधेसका जायज माग पूरा गर्न आफूहरु तयार रहेको भन्दै असहज परिस्थिति जिम्मेवारीबाट बहानाबाजी नगरी ओलीलाई बिदाई गर्न प्रस्ट हुन जसपालाई अपिल गरे । सिंहले जुन दिन नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिन्छ त्यहीबाट नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ भन्दै कांग्रेस तथ्य र संसदी प्रक्रिया बाटै अगाडि बढ्ने जानकारी दिए ।

पार्टी महाधिवेशन प्रक्रियामा सभापतिसँग आफूहरुको फरक मत रहेता पनि लोकतन्त्र सखाप पार्ने ब्यवस्था प्रतिनै धावा बोल्ने अधिनायकवाद उन्मुख ओली बिदाई गर्ने संसद भित्र रहेका दलहरुसँग छलफल गरेर कांग्रेसले नै नेतृत्व लिएर अघि बढ्न आफुहरुले सभापति देउवा लाई सुझाएको पनि बताए । सिंहले परिस्थिति परिपक्व भएपछ् िकांग्रेस जिम्मेवारी लिन र परिस्थिति लाई समालेर जान तयार रहेको भन्दै अपरिपक्व परिस्थिति लाई बुझदा बुझदै अनावश्यक सत्ताको खेलको साक्षी नबन्ने बताए ।



प्रतिक्रिया दिनुहोस्