Logo

प्राइम बैैकको ऋणपत्रमा आजसम्म आवेदन दिन सकिने



काठमाडौं, १३ चैत्र । प्राइम कमर्सियल बैंकले ८ वर्षे अवधिको ‘८ दशमलव ७५ प्रतिशत प्राइम डिबेन्चर २०८५’ ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले प्रतिऋणपत्र १ हजार अंकित मुल्यको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो । कम्पनीले तोकिएको मितीमा पर्याप्त आवेदन नपरेको भन्दै चैत्र १३ गतेसम्म आवेदन दिन समय थप गरेको हो ।

कुल ऋणपत्र मध्ये १४ लाख कित्ता सर्वसाधारणको लागि र व्यक्तिगत संघ संस्थालाई २१ लाख कित्ता बिक्रि गर्ने जनाएको छ । ऋणपत्रमा न्युनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि इच्छुकले आवेदन दिन सक्ने भएका छन् ।



प्रतिक्रिया दिनुहोस्