Logo

शिव र गौरी २० वर्षपछि एउटै पर्दामा



काठमाडौं, १३ चैत्र । निर्देशक शोभित बस्नेतले निर्देशन गर्ने फिल्म ‘डाँडाको बर पीपल’ मा नायक शिव श्रेष्ठ र नायिका गौरी मल्लले धेरै वर्षपछि एकसाथ काम गर्ने भएका छन् । बिहीबार एक कार्यक्रममार्फत फिल्म निर्माण पक्षले दुई कलाकारहरु करिब २० वर्षपछि एकसाथ काम गर्ने जनाएको हो ।

बिहीबार फिल्मको शुभमुर्हत भएको फिल्ममा सलोन बस्नेत र राजीवजंग बस्नेत लगायतको अभिनय रहने भएको छ । पारिवारिक कथा बोकेको फिल्ममा गौरी र शिव श्रीमान् श्रीमतीको भुमिकामा देखिने भएका छन् ।

फिल्ममा तीन नायिका हुने भएपनि नायिकाको भने हालसम्म कुनै टुंगो लागेको छैन् । ७५ दिनमा छायांकनको काम सक्ने योजना बनाएको फिल्मको छायांकन सुशान्त प्रजापतिले गर्ने भएका छन् । फिल्मको लेखन रामकाजी घिमिरेले गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्