Logo

माधव नेपाल पक्ष संसदीय दलको बैठकमा सहभागी हुने



काठमाडौं, १३ चैत्र । आज दिउँसो ३ बजे बस्ने नेकपा (एमाले) को संसदीय दलको बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल समूहपनि सहभागी हुने भएको छ । आज अपरान्ह बसेको नेपाल समूहको केन्द्रीय कमिटी सदस्यहरुको बैठकले संसदीय दलको बैठकमा सहभागी हुने निर्णय गरेको हो ।

काठमाडौंको कलंकीस्थित् मेगा पार्टी प्यालेशमा बसेको नेपाल समूहको बैठकले संसदीय दलको बैठकमा जाने र पार्टी स्थायी,पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक माग गर्ने निर्णय गरेको हो ।

केन्द्रीय सदस्यहरुको बैठकलगत्तै नेपाल पक्षका सांसदहरुको मात्रै छुट्टै बैठक बसेको थियो । पछिल्लो समय नेपाल समूहमा बैठकमा जाँदा सबै जानुपर्ने र नजाँदा कोही पनि नजानुपर्ने आवाज उठेको थियो । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्