Logo

लागूऔषध सहित पक्राउ



काठमाडौं, १३ चैत्र । अवैध लागूऔषध सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानबाट नियन्त्रित लागूऔषध १७ बोतल डाईलेक्स डिसी, १० ग्राम अवैध लागूऔषध गाँजा र ३ ट्याब्लेट नाईट्राभेट सहित सप्तरी राजबिराज नगरपालिका–५ हिमाल टोल बस्ने २६ वर्षीय शैलेश कर्ण शुक्रबार बिहान पक्राउ परेका हुन् ।

राजबिराजबाट काठमाडौंतर्फ जाँदै गरेको बा.५ ख ३६१ नम्बरको हाईसलाई भिमानस्थित चेकप्वाइन्टमा प्रहरीले जाँच गर्ने क्रममा हाईसमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्