Logo

संसद्को हिउँदे अधिवेशन चाँडै अन्त्य गर्ने प्रधानमन्त्री ओलीको संकेत



काठमाडौं, १३ चैत्र । नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसदको हिउँदे अधिवेशन चाँडै अन्त्य हुने संकेत गरेका छन् । आज (शुक्रबार) बसेको संसदीय दलको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो संकेत गरेका हुन् ।

एक सांसदले दिएको जानकारी प्रधानमन्त्री ओलीअनुसार केही समयपछि बर्खे अधिवेशन बोलाउनुपर्ने भएकाले हिँउदे अधिवेशन अन्त्य गर्नुपर्ने धारणा राखेका थिए । बैठकपछि एमाले प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री ओलीलाई उद्वृत गर्दै भने, ‘हामी अहिले संसद अधिवेसनको उत्तरार्द्धमा छौं । बीचमा प्रतिनिधिसभा विघटन भयो । त्यो पुनःस्थापना भएपछि ढिलो अधिवेशन प्रारम्भ भयो । बैशाखबाट बर्खे अधिवेशन प्रारम्भ गर्नुपर्छ । त्यसैले चालु अधिवेशन चाँडै अन्त्य हुन्छ ।’ file photo

 



प्रतिक्रिया दिनुहोस्