Logo

जोशीजीको निधनले काँग्रेसले एक इमान्दार र निष्ठावान नेता गुमाएको छ : देउवा



काठमाडौं, १३ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका प्रभावशाली नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन् । सभापति देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत जोशीको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

पूर्वमन्त्री तथा काँग्रेस नेता नविन्द्रराज जोशीको निधन

देउवाले नेता जोशीको निधनले कांग्रेसले एक इमानदार र निष्ठावान नेता गुमाएको उल्लेख गरेका छन् । ट्विटरमार्फत उनले लेखेका छन्,-“हार्दिक श्रदाञ्जली नविन्द्रजी, नेपाली कांग्रेसका नेता, कुशल संगठक एवंम पूर्वमन्त्री नविन्द्रराज जोशीको असामायिक निधनको खबरले निकै मर्माहित भएको छु । जोशीजीको निधनले काँग्रेसले एक इमान्दार र निष्ठावान नेता गुमाएको छ । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै यस दुःखद् घडीमा शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।” फागुन १४ गते मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गराइरहेका नेता जोशीको शुक्रबार साँझ ८ः२४ बजे निधन भएको थियो । file photo/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्