Logo

जोशीको निधनले गगन थापा मर्माहत, अग्रज मार्गदर्शक गुमाएको प्रतिक्रिया



काठमाडौं, १३ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री गगन कुमार थापाले नेता नविन्द्रराज जोशीको निधनको खबरले आफू अत्यन्त मर्माहत भएको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत नेता थापाले यस्तो बताएका हुन् । उनले आफूहरुले विद्यार्थी कालदेखिका अग्रज मार्गदर्शक गुमाएको पनि उल्लेख गरेका छन् ।

उनले लेखेका छन्-“अत्यन्त मर्माहत भएको छु। नविन्द्र दाई,हामीमाझ हुनुहुन्न भनेर पत्याउन सकिरहेको छैन।पार्टी संगठनका,विचार अनि विकासका थुप्रै कुरा सिक्न र संगै काम गर्न बांकी थियो।हामीले एक समन्वयकारी,सालिन नेता र विद्यार्थी कालदेखिका अग्रज मार्गदर्शक गुमाएका छौं।  हार्दिक श्रद्धाञ्जली नविन्द्र दाई!” file photo

Related News: 

जोशीजीको निधनले काँग्रेसले एक इमान्दार र निष्ठावान नेता गुमाएको छ : देउवा

पूर्वमन्त्री तथा काँग्रेस नेता नविन्द्रराज जोशीको निधन



प्रतिक्रिया दिनुहोस्