Logo

सार्कमा बढ्दै कोरोना



काठमाडौं, चैत १४ । केही समयअघि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमितको सङ्ख्या दुई जना मात्र थियो । ती पनि निको भएर जाने तरखरमा थिए ।

अब अस्पतालमा बिरामी सकिए भनेर अस्पताल प्रशासनले सरसफाइको तयारी थाल्यो । तर यो हप्ता सुरु हुनासाथ अर्को दुईजना बिरामी थपिए । फेरि अर्को दुई जना गर्दागर्दै अहिले नौ जना कोरोनाका बिरामी आइपुगे ।

अस्पतालका निर्देशक डा सागरकुमार राजभण्डारीले भने, “अस्पताल पूरै सफा गरेर अन्य बिरामीका लागि खुला गर्नुप¥यो भनेर ठिक्क परेका थियौँ, कोभिडकै बिरामीको चाप फेरि बढ्न थाल्यो ।” पछिल्लो समयमा भर्ना भएका मध्ये बागलुङबाट काठमाडौँ आएका बिरामीमा कोरोना भेटिएपछि सङ्क्रमणको अर्को लहर आउन लागेको आशङ्का भएको डा राजभण्डारीले बताए ।

विदेशबाट आएका व्यक्तिमा सङ्क्रमण देखिनु स्वाभाविक थियो । तर मुुलुकभित्रैबाट आएका व्यक्तिमा पनि भेटिनुले सङ्क्रमणको जोखिम बढेको उनको भनाई छ ।
उनका अनुसार खोप लगाउने, नलगाउने, विदेशबाट आउने सबैले स्वास्थ्य मापदण्ड कायम गर्न पछिल्लो समय लापर्वाही गरेकाले नेपालमा फेरि सङ्क्रमण दोहोरिने सङ्केत देखिएको हो ।

नले थपे, “भारतका १८ वटा राज्यमा ‘डबल म्युटेसन’ कोरोना देखिइसकेको छ, युरोपेली मुलुकमा तेस्रो लहर सुरु भइसकेको छ, यस्तो अवस्थामा सीमा नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै कडाइ गर्नु जरुरी छ ।” युरोपेली मुलुकमा देखिएको तेस्रो लहर विगतको भन्दा जटिल देखिएको चिकित्सकको भनाइ छ । यसले ती देशमा मृत्युदर पनि बढाइरहेको छ । ती मुलुकबाट नेपालसहित दक्षिण एसियाली मुलुकमा आवतजावत गर्ने यात्रुले तेस्रो लहरको कडा सङ्क्रमण ओसारिरहेको अनुमान उनको रहेको छ ।

पछिल्लो समय खुला रूपमा सभा, सम्मेलन गर्ने, विभिन्न कार्यक्रम सञ्चालन गर्ने, सार्वजनिक रूपमा भेला हुने क्रम बढेर पनि समस्या आएको कतिपयका भनाइ छ । त्यसले पनि बाहिरबाट कुनै घरमा छिरेको कोभिड सङ्क्रमणलाई फैलाउन मद्दत गरिरहेको डा। राजभण्डारीले बताए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्याङ्कअनुसार दक्षिण एसियाली मुलुकमा घट्दै गएको कोरोना सङ्क्रमण एक महिनायता उकालो लाग्न थालेको छ । फागुन मध्यताका नेपालमा सक्रिय केस ०।३ प्रतिशतमा झरेको थियो भने भारतमा १.४ प्रतिशत, भुटानमा ०.५, बङ्गलादेशमा ७.७, अफगानिस्तानमा ७.१, माल्दिभ्समा १२.७, पाकिस्तानमा ३०.८ र श्रीलङ्कामा ४.७ प्रतिशत सक्रिय केस थिए । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्