Logo

प्रतिगमनको खतरा टरेको छैन! : डा. भट्टराई



काठमाडौं, १४ चैत्र । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा अझैपनि प्रतिगमनको खतरा नटरेको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो टिप्पणी गरेका हुन् । उनले प्रतिगमनकारीसँग लेनदेन गरेर क्षणिक लाभ लिनुभन्दापनि उसलाई विदा गरेर संविधान र लोकतन्त्रको रक्षा गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले सञ्जालमा लेखेका छन्–”प्रतिगमनको खतरा टरेको छैन!प्रतिगमनकारीसंग लेनदेन गरेर क्षणिक लाभ लिने कि उसलाई विदा गरेर संविधान/लोकतन्त्रको रक्षा गर्दै थप अग्रगमनको दिशामा लाग्ने दुइ विकल्प अगाडि छन्!पहिलो बाटो तुलसी गिरी/केशरजंग रायमाझीको र दोश्रो बाटो बिपी/पुष्पलालको हो!वुद्धि/विवेकको प्रयोग गरेर आफै रोजौं!” File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्