Logo

….पार्टी बनाउने र बचाउने संकल्प हाम्रो हो : झाँक्री



काठमाडौं, १४ चैत्र । नेकपा (एमाले) की नेतृ तथा सांसद रामकुमारी झाँक्रीले दम्भ, अहंकार, घमण्ड र अपमानको बैंस चढ्दो रहेको सुनाउँदै त्यसलाई पनि पचाएर पार्टी बनाउने र बचाउने आफूहरुको संकल्प रहेको बताएकी छिन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो बताएका हुन् ।

उनले भित्र र बाहिर दलाल पुँजीवादको विरुद्धमा लडिरहनुपर्ने पनि बताएकी छिन् । उनले लेखेको छिन्,‘दम्भ, अहंकार, घमण्ड, घृणा, तिरस्कार र अपमानको बैस चढ्दो छ । त्यसलाई पचाएर पार्टी बनाउने र बचाउने संकल्प हाम्रो हो । भित्र र बाहिर दलाल पुँजीवादको बिरुद्धमा लडिरहनुपर्ने हुन्छ । लाखौँ सदस्य, शुभचिन्तक, समर्थक र अग्रजहरूको योगदानले बनेको यो पार्टी र पार्टीको बिरासत, सम्पूर्ण शक्ति र सामर्थ्यका साथ यो आन्दोलनलाई विसर्जन हुनबाट बचाउने हाम्रो युगिन दायित्व हो ।”

file photo/reportersnepal



प्रतिक्रिया दिनुहोस्