Logo

काँग्रेसले जोशीको सम्मानमा तीन दिनसम्म पार्टीको झण्ढा आधा झुकाउने



काठमाडौं, १४ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले दिवंगत नेता नवीन्द्रराज जोशीको सम्मानमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ । पार्टी मुख्यालय सानेपामा आज (शनिबार) बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै चैत १५, १६ र १७ गते देशभरका पार्टी कार्यालयमा झन्डा आधा झुक्याउने निर्णय गरेको हो ।

तीन दिन शोकसभा बाहेक कार्यक्रम पनि नगर्ने भएको छ । यस्तै, १३ दिनसम्म सबै पार्टी कार्यालयमा पुस्तिका राख्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले शोक प्रस्ताव पनि पारित गरेको छ । जोशीप्रति एक मिनेट मौनधारण गरि बैठक सकिएको छ । file photo/reportersnepal



प्रतिक्रिया दिनुहोस्