Logo

म सबै चूनौतिको सामना गर्न तयार छु : माधव नेपाल



काठमाडौं, १४ चैत्र । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले आफू आन्दोलन र पार्टीको विजारोपण गर्ने व्यक्ति भएको सुनाउँदै कसैको धम्कीले नडराउने बताएका छन् । बृहत्त नागरिक आन्दोलनद्वारा आज काठमाडौंस्थित् प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् ।

उनले आफूले विधि र विधानको कुरा गरेको सुनाए । उनले विधिको शासन पार्टीभित्र लागु हुने बताउँदै त्यसको आफूले वकालत गरेको पनि स्पष्ट पारे । राजनीति सरल रेखाबाट नबढ्ने उल्लेख गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूले बालुवाटारको संसदीय दलको बैठकमा जान्नँ भनिसकेको सुनाए । उनले आफू सबै चूनौतिको सामना गर्न तयार रहेको सुनाए । नेता नेपालले महन्थ ठाकुर र डा. मिनेन्द्र रिजालहरुको दया र कृपा रहुञ्जेलसम्म प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार रहिरहने बताए ।

पूर्व प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता नेपालले सर्वोच्च अदालतले आफूहरुलाई घोक्र्याएर एमालेमा फर्काएको भन्दै आफूलाई अत्यन्त अप्ठेरो महसुस भएको प्रतिक्रिया दिएका छन् । नेपालले भने, ‘मलाई यतिबेला भन्न पनि अप्ठेरो लागिरहेको छ । पार्टीको आन्तरिक कुरा किन यहाँ गर्यो भन्नु होला । तर, यति मात्रै भन्न चाहन्छु, सर्वोच्चले घोक्र्याएर हामीलाई एमालेमा फर्काइदियो । तर, हामी फर्किन पनि सकिरहेका छैनौं । मैले त हिजै संसदीय दलको वैठकमा बालुवाटारमा जान्न भनिसके‌ ।’

File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्