Logo

माधव नेपाल पक्षधर बहुमत सदस्यहरु ओलीकै पक्षमा उभिने, माधव नेपाल थप दबाबमा !



काठमाडौं, १४ चैत्र । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल समूहका बहुमत केन्द्रीय सदस्यहरु प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर जानुपर्ने पक्षमा उभिएका छन् । आज (शनिबार) काठमाडौंको कालिमाटीस्थित् एक ब्यांक्वेटमा बसेको नेपाल पक्षका केन्द्रीय सदस्यहरुको बैठकमा बहुमत सदस्यहरुले अध्यक्ष ओलीसँग नै मिलेर जानुपर्ने भनाई राखेका थिए । बैठकमा सहभागी एक नेताकाअनुसार अब पार्टी एकतालाई जोगाउनको लागि नै बहुमत सदस्यहरुले लागिपर्ने भन्दै अब सोहीअनुसार अघि बढ्ने धारणा राखेका थिए ।

नेता नेपालले सबैको कुरा सुनेपछि आफूले सबैको भावनाको कदर गर्ने बताएका थिए । पछिल्लो समय एमालेमा नेता नेपाल दबाबमा परेका छन् । पार्टीले नेता नेपालसहित नेताहरु डा. भीम बहादुर रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोधेको छ । अहिलेसम्म नेता नेपाल र रावलले मात्रै स्पष्टीकरणपत्रको जवाफ दिएका छन् । उक्त पत्र प्राप्त भएपछि ओलीले नेता नेपाल र रावल दुवैलाई आफूले कारबाही गर्ने संकेत गरेका छन् ।

हिजो बसेको संसदीय दलको बैठकमा नेता नेपाल पक्षधर सांसदहरुको सहभागिता रहेको थियो । तर, नेपाल र रावल भने उक्त बैठकमा सहभागी भएनन् । अब सबै हिसाबले पार्टीभित्र ओली नै शक्तिशाली भएकोले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा नेता नेपाल पक्षधर नेताहरु एकमतका साथ उभिएका छन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्