Logo

सुरुङ मार्गको शेयर फिर्ता गराउन अभियान शुरु



काठमाडौं, चैत १५ । बागमती प्रदेश सरकारको गौरव योजनाका रुपमा ञपोस्टबहादुर बोगटी भीमफेदी कुलेखानी सुरुङ मार्गु बनाउने निश्चित भएपछि नेपाल पूर्वाधार कम्पनीले संकलन गरेको सर्वसाधारणको रकम फिर्ता गराउन स्वतन्त्र जनदबाब अभियान शुरु भएको छ।

स्वतन्त्र जनदबाब अभियान संयोजक अनिलकुमार खातीले मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई ज्ञापनपत्र बुझाएर जनदबाब अभियान शुरु भएको हो।

कम्पनीले सात वर्षअघि सुरुङ मार्ग निर्माणका लागि जारी गरेको शेयरमा मकवानपुरका तत्कालीन जिविस, हेटौंडा नगरपालिका, मकवानपुर उद्योग वाणिज्य संघलगायत विभिन्न संघ संस्था र धेरै जनताको २३ करोडभन्दा बढी लगानी परेको बताइएको छ।

ज्ञापनपत्र बुझाउने क्रममा संयोजक खातीले जनताले नाककानका सुन, खसीबोका, कुखुरा बेचेर गरेको लगानी काम नहुने भएपछि फिर्ता गनुपर्नेमा नेपाल पूर्वाधार कम्पनीले त्यसो नगरेकाले लगानी फिर्ता गराउन अभियान शुरु गर्नुपरेको बताएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्