Logo

चिनियाँ अनुदानको आठ लाख खोप भोली आइपुग्ने



काठमाडौं, चैत्त १५। चीन सरकारले अनुदानमा उपलब्ध गराउन लागेको कोभिड बिरुद्धको खोप भोली नेपाल आइपुग्ने भएको छ । चीनले सिनोफार्म कम्पनीको आठ लाख डोज खोप नेपाललाई अनुदानमा उपलब्ध गराउँदैछ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले उक्त खोप नेपालका लागि तयारी अवस्थामा राखिएको बताएका छन्। उनले सामाजिक सञ्जाल ट्वीटरमा खोप लोड हुँदै गरेको तस्बिर साझा गर्दै नेपाललाई अनुदानमा उपलब्ध गराउन लागेको आठ लाख डोज खोप बेइजिङ्ग अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्