Logo

१४ वर्षीया बालिका बलात्कृत



काठमाडौं, १५ चैत्र । जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका–८ मातातीर्थ ढाक्सी बस्ने २६ वर्षीय साजन राउत शुक्रबार राति पक्राउ परेका हुन् ।

राउतले ती बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्