Logo

नेपाललाई घरेलु मैदानमा उपाधि जित्ने अवसर



काठमाडौं । थ्री नेसन्स कपका रूपमा ६ वर्षपछि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल फर्किएको छ । यस्तोमा नेपाली टोलीलाई घरेलु मैदानमा सोमबार उपाधि जित्ने अवसर रहेको छ । नेपालले सोमबार थ्री नेसन्स कपको फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी बंगलादेशको सामना गर्दै छ । खेल साँझ ५ः३० बजेपछि हुनेछ ।

नेसन्स कपको राउन्ड रोविन लिगमा नेपालले दुई खेल खेल्दा एक गोल पनि नगरी लिगमा दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएको थियो । बंगलादेशले पनि एक गोल पनि नगरी फाइनलमा स्थान बनाएको थियो । किर्गिस्तानको ओलम्पिक टोलीविरुद्धको १–० को जितमा आत्मघाती उपहार पाएको थियो । लिगको तीन खेलमा त्यही आत्मघाती एक गोल नै एक्लो गोल हो ।



प्रतिक्रिया दिनुहोस्