Logo

भारतीय सेनाले नेपाली सेनालाई दिएको एक लाख डोज भ्याक्सिन नेपाल आईपुग्यो



काठमाडौं, १६ चैत्र । भारतीय सेनाले नेपाली सेनालाई दिने भनिएको कोभिड-१९ विरूद्धको एक लाख डोज भ्याक्सिन नेपाल आईपुगेको छ । नेपालस्थित् भारतीय दूतावासले जनाए अनुसार भारतीय सेनाले दिएको खोप आइतबार राति नेपाल आइपुगेको हो ।

सेनाले कोभिड–१९ महामारीको प्रतिकार्यमा सहयोग पु¥याउने उद्देश्यका साथ भारतीय सेनाद्वारा नेपाली सेनालाई भ्याक्सिन उपलब्ध गराएको उल्लेख गरिएको छ। भ्याक्सिनको ‍औपचारिक हस्तान्तरण भने केही दिनमा हुने कार्यक्रम रहेको छ। यसअघि भारत सरकारले नेपाललाई १० लाख डोज भ्याक्सिन अनुदान दिएको थियो।



प्रतिक्रिया दिनुहोस्