Logo

सरकारलाई दिएको समर्थन आज/भोलिभित्रै नै फिर्ता लिने माओवादी केन्द्रको तयारी



काठमाडौं, १६ चैत्र । नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन फिर्ता लिने अन्तिम तयारी गरेको छ । गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग–अलग भएका छन् ।

माओवादी केन्द्रका नेता वर्षमान पुनले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी भैसकेको जनाए । उनले भने,‘हामी आज/भोलि नै सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा छौं । यसको लागि पार्टीभित्र आन्तरिक छलफल भैसकेको छ।’ उनकाअनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिनको लागि लिखित प्रक्रिया अघि बढाउने तयारी भैसकेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि माओवादी केन्द्रले समर्थन फिर्ता लिए आफूले विश्वासको मत लिने बताईसकेका छन् । प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै आफूले जस्तोसुकै परिस्थितिको सामना गर्ने बताईसकेका छन् ।

राजनैतिक रूपमा प्रधानमन्त्रीले बहुमत गुमाईसक्नुभयो : कांग्रेस प्रवक्ता शर्मा (भिडिओसहित)

उनले बरु, आफूलाई घृणा गर्नेहरुले नै अहिलेसम्म समर्थन फिर्ता नलिएको भन्दै आश्चर्य व्यक्त गरेका थिए । प्रतिनिधिसभा पूनःस्थापना भएको एक महिना भन्दा बढि भएको छ । तर, अहिलेसम्म माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थिएन । File Photo/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्