Logo

चैत १ गतेसम्म बिक्री खुल्ला गरेको सनराइज ब्लुचिप फण्ड स्किमको इकाई बाँडफाँट



काठमाडौं, १६ चैत्र । सनराइज ब्लुचिप फण्ड स्किमको इकाई बाँडफाँट भएको छ । सनराइज सामुहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने सनराइज ब्लुचिप फण्ड स्किमको प्रति इकाई १० रुपैयाँ अंकित दरको १० करोड इकाई (बिज पुँजीवापत कोष प्रवद्र्धक सन्राइज बैंकलाई छुट्टाइएको एक करोड ५० लाख इकाई सहित) यही चैत १ गतेसम्म बिक्री खुल्ला गर्दा सर्वसाधारण तर्फ १० रुपैयाँ अंकित दरको ८ करोड ५० लाख इकाई निष्काशन गरेको कम्पनीले जनाएको छ ।

कम्पनीको अनुसार निष्काशन अवधिमा सर्वसाधारणलगायत बैंक तथा वित्तीय संस्था, इन्स्योरेन्स कम्पनीबाट ५६ हजार ५८ जना आवेदकबाट १२ करोड ३७ लाख ६४ हजार ५ सय ४० इकाइका लागि आस्वा÷सिआस्वामार्फत आवेदन प्राप्त भएकोमा ५३ हजार एक सय ४४ जना आवेदकहरुबाट प्राप्त भएको ११ करोड ८६ लाख १९ हजार ८ सय ४० इकाईको लागि स्वीकृत विवरणपत्रमा भएको व्यवस्था, सामूहिक लगानी कोष निर्देशिका, २०६९ तथा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ बमोजिम तीन लाख इकाइसम्म माग गर्ने ५३ हजार एक सय ७९ जना आवेदकहरुलाई माग बमोजिम, पाँच लाख माग गर्ने ४ जना आवेदकहरुलाई ४६ हजार ५ सय २६ इकाईको दरले र एक कररोड माग गर्ने २ जना आवेदकहरुलाई ४६ हजार ५ सय २८ इकाईका दरले सर्वसाधारणहरुको १० करोड ६२ लाख ५० हजार इकाई बाँडफाँड गरेको हो ।

कम्पनीले कोष प्रवद्र्धक सन्राइज बैंकको एक करोड ८७ लाख ५० हजार इकाई बिज पुँजीसमेत गरी जम्मा १२ करोड ५० लाख इकाई बाँडफाँड गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्