Logo

‘परिवार पाल्न गुडियाको भर’



तनहुँ, १६ चैत्र । म्याग्देगाउँपालिका–४ निवासी सुकला सुनारले दश दिनको गुडिया बनाउने तालीम सिकेपछि गुडिया बनाएर परिवार पाल्न आफूमा आत्मबल बढेको बताएका छन् । गाउँपालिकाले दिएको १० दिनको तालीमबाट सिकेको सीपलाई सदुपयोग गर्दै आयआर्जन क्षेत्रमा समय बिताउने लक्ष्य रहेको उनले बताए । “हातमा सीप भएपछि यत्तिकै बस्दिन”, उनले भने, ‘अब घरमा बसेर काम गरी दैनिकी खर्च जुटाउन सहयोग पुग्ने अपेक्षा गरेको छु ।”

तालीममा सहभागी अर्का म्याग्दे–५ निवासी कमला आलेले सीप सिकेर व्यवसाय शुरु गर्छु भन्ने आत्मविश्वासका साथ तालीम लिएको बताए । सीप जानेपछि आफूमा उत्साह मिलेको छ । उनले भने, “साँच्चीकै बेरोजगार र गृहिणी महिलालाई केन्द्रित गरी तालीम प्रदान गरेर सक्षम बनाएको महसुस गरेको छु ।”

जिल्लाको म्याग्दे गाउँपालिकाको आयोजनामा केही दिनअघि गरिबी निवारणका लागि लघुउद्यम सीप विकास कार्यक्रमअन्तर्गत ३४ जना महिलालाई १० दिने तालीम प्रदान गरेको थियो । गाउँपालिकाका उद्योग शाखा प्रमुख प्रदीप न्यौपानेले महिलालाई आयआर्जन गर्न यस किसिमको तालीम निकै प्रभावकारी हुने बताए । थोरै लगानीमा कोठा भाडामा नलिई आफ्नै घरमा बसी राम्रो आम्दानी गर्न सक्ने अवसर रहेको उजले बताए।

महिलालाई स्वरोजगार बनाउने उद्देश्यले तालीम प्रदान गरिएको म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले बताए । तालीम प्रदानपश्चात् महिला खुशी भएका छन् । सिकेको सीपलाई व्यवहारमा लागू गरे÷नगरेको अनुगमन गरिने उनले बताए । गाउँपालिकाभित्रका महिलालाई आत्मनिर्भर बनाउन यस किसिमको तालीम उपयोगी हुने सोचेर तालीमको आयोजना गरिएको उनले बताए । रासस



प्रतिक्रिया दिनुहोस्