Logo

नाईट्राभेट ट्याब्लेट सहित पक्राउ



सिरहा, १६ चैत्र । लागुऔषध सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । वरियारपट्टी गाउँपालिका(३ स्थित दुर्गा मन्दिर नजिकबाट २ सय ८५ पिस नियन्त्रित लागूऔषध नाईट्राभेट ट्याब्लेट सहित गोलबजार नगरपालिका–४ बस्ने २० वर्षीय कैसल मिया आइतबार साँझ पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय वरियारपट्टीबाट खटीएको प्रहरीले जाँच गर्नेक्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्