Logo

थारु कल्याणकारी सभासँग वार्ता गर्न सरकारद्धारा गृहमन्त्री बादलको नेतृत्वमा वार्ता समिति गठन



काठमाडौं, १६ चैत्र । सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को नेतृत्वमा थारू कल्याणकारी सभासँग वार्ता गर्न वार्ता समिति गठन गरेको छ। थारू कल्याणकारी सभा, थारूवान संयुक्त संघर्ष समिति र केन्द्रीय आन्दोलन परिचालन समितिले राखेका १९ बुँदे माग सम्बोधन गर्न गृहमन्त्री थापाको संयोजकत्वमा समिति गठन गरिएको हो।

उक्त वार्ता समितिमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र पूर्वसांसद भगवती चौधरी सदस्य छन् । समितिले आजबाटै वार्ता थाल्ने जनाईएको छ । यसअघि पनि गृहमन्त्री थापा संघर्ष समितिको आन्दोलनको कार्यक्रममा आँफै सहभागी भएका थिए । उनी धर्ना कार्यक्रममा पलेटी मारेर बसेका थिए । मन्त्री थापाले त्यतिवेला पनि सरकारले संघर्ष समितिका माग पूरा गर्ने वचन दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्