Logo

ग्लोबल आइएमई बैंकको तीन स्थानमा नयाँ शाखा विस्तार



काठमाडौं, १६ चैत्र । ग्लोबल आइएमई बैंकले तीनवटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले नवलपरासीको रामग्राम नगरपालिका–३, परासी, मोरङको विराटनगर महानगरपालिका–४, कन्चनबारी र झापाको भद्रपुर नगरपालिका–५, भद्रपुरमा नयाँशाखा विस्तार गरेको हो ।

आज तीनवटा नयाँ शाखा सञ्चालनमा आएसँगै शाखाको संख्या २७३ पुगेको बैंकको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्