काठमाडौं, १६ चैत्र । कोभिड–१९ विरुद्धको खोप चीन सरकारले नेपाललाई उपलब्ध गराएको आठ लाख डोज आज नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत हाउ याङ सीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो खोप हस्तान्तरण गरेकी हुन् ।

उक्त कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले चीनले नेपाललाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउनुले दुई देश बीचको गहिरो मैत्री सम्बन्धलाई उजागर गरेको धारणा राखेका थिए । प्रधानमन्त्री ओलीले चीनले भ्याक्सिन सहयोग गरेकोमा चिनियाँ सरकार र चिनियाँ जनतालाई पनि धन्यवाद दिएका छन् ।

तस्विर : प्रधानमन्त्री ओलीको सचिवालय




प्रतिक्रिया